दाङ : केही दिन अगाडि तुलसीपुर ११ बेलटाकुरामा रहेको स्वास्थ्य चौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि राप्ती प्रादेशिक अस्पातल तुलसीपुरमा कार्यरत २ जना डाक्टर सहित अन्य स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भयो । अहिले देशका विभिन्न ठाउँमा फन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ ।
तर दिनरात नभनी संक्रिय रुपमा लागेका स्थानियतहका स्वास्थ्यकर्मीहरुले भने आफुहरुलाई राज्य ध्यान नदिएको गुनासो गरेका छन् । साथै उनीहरुले समाजले पनि आफुहरुलाई नराम्रो दृष्टिले हेर्ने गरेको बताएका छन् ।
तुलसीपुर ११ बेलटाकुरामा रहेको स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी खड्ग बहादुर बस्नेतले आफुलाई कसरी कोरोना संक्रमण भयो, त्यो थाहाँ नभएको बताए । उनले स्वास्थ्य चौकीमा दैनिक ५० भन्दा बढि विरामीहरु आउने र उनीहरुको उपचार गर्दै आएको समेत बताए ।
‘ स्वास्थ्य चौकीमा धेरै विरामीहरु आउनु हुन्थ्यो,’उनले भने,‘ तर हामीले सुरक्षा सामाग्री अपनाएर सेवा दिन्थ्यौँ । तर मलाई कसरी कोरोना संक्रमण भयो, थाहाँ भएन् । ’ त्यसैगरी उनले आफुलाई कोरोना संक्रमण भएपछि आफ्नो घर परिवारले धेरै समस्या भोगनु परेको गुनासो गरे । मलाई कोरोना पुष्टि भएपछि गाउँ समाजका शिक्षित ब्यक्तिहरुबाट मेरो घर परिवारमा यो घरमा कोरोना छ, यस घरको बाटो हिड्नु हुदैन्, जस्ता ब्यवहार कारण तनाव भएको उनले बताए । हामीहरुले जोखिम मोलेर नै नागरिकको सेवामा लागेका हुन्छौँ, तर तिनै नागरिकबाट हामीलाई संक्रमण भए, दुरब्यवहार हुन्छ, यस्तो समाजको सोच परिर्वतन गर्न जरुरी रहेको समेत उनको भनाई छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले अहिले स्थानिय सरकारले पनि आफुहरुको बारेमा खासै ध्यान नदिएको गुनासो गरे । उनले शुरुको अवस्थामा गाउँपालिकले हरेक कुरामा हेर्दै आएको भएता पनि पछिल्लो समयमा पन्छिदै गएको बताए । ‘ शुरुवाती अवस्थामा २/४ दिन मै जान्छ भन्दै पालिकाबाट स्वास्थ्यकर्मीलाई हौसाला दिने, विभिन्न कुराहरुमा साथ दिइएको थियो ,’उनले भने,‘ तर अहिले पछिल्लो समयमा पालिकाले सेवा सुविधा लगाएत अन्य सामागी दिन आनाकानी गर्ने गरेको छ । धेरै खर्च भयो हामी थेक्नस सक्दौनौं भन्ने जस्ता कुराहरु गर्ने र यो सबै काम स्वास्थ्यको जिम्मा हो भनेर पन्छीने गर्दछ । ’
त्यसैगरी उनले राज्यले आफुहरुलाई अन्याय गरेको समेत गुनासो गरे । ‘ राज्यले जोखिम भत्ता दिने भनेको छ, तर हामी स्थानियतहमा खटिएका स्वास्थ्यकर्मीले पाएका छैनौँ,’उनले भने,‘ हामी दिन रात जोखिम मोलर खटिएका छौँ, तर त्यो भत्ता संघमा समायोजन भएकाले मात्र पाएका छन् । त्यो पनि अस्पतालमा काम गर्ने निति नियम बनाउनेले मात्र पाए । हामी जस्ता २४ सैं घन्टा खटिएकाले पाएनौँ । ’ त्यसैगरी स्वास्थ्यकर्मी समुदाय हेर्ने दृष्टिकोण समेत फरक रहेको संयोजक पुनले बताए । समुदायक मानिसहरुले आफुहरुलाई यो स्वास्थ्यकर्मी भएका कारण गाउँमा रोग ल्याएर सार्छ की भन्ने भाव भएको उनको भनाई थियो ।
‘ हामी दुबै जना स्वास्थ्यकर्मी हो ,’ उनले भने,‘ बच्चा लिएर फिल्ड मै दौडिएका हुन्छौँ, तर हाम्रो टोल छिमेकमा हामीलाई नै रोग सार्छन् की भनेर सोच्छन् । यसरी जोखिम मोलेर काम गर्न पाउँदा धेरै खुशी लाग्छ ।’ त्यसैगरी जुन स्वास्थ्यकर्मीले निको बनाएर घर पठाउँछ, त्यस ब्यक्तिलाई फुलमाल लगाएर सम्मान गरिन्छ, तर त्यहि स्वास्थ्यकर्मीलाई संक्रमण भएको भने दुरब्यवहार गरिन्छ । जसले गर्दा स्वास्थ्यकर्मीको मनोबल घट्ने उनले बताए । त्यसैगरी तुलसीपुर उपहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले गत फागनु महिनाको अन्तिम देखि हाल सम्म २४ सैं घण्टा खटिदै आएको बताए ।
देखिरात नभनी काम गर्र्दै आउदाँ पनि विभिन्न किसीमका आरोपहरु खेप्नु परेको उनले गुनासो गरे । ‘ हामीले क्वारेन्टाइन ब्यवस्थापन देखि पीसीआर परिक्षण गर्नको लागी स्वाब संकलन, जनचेतना फैलाउने जस्ता काम गर्दै आएको छौँ, तर हामीलाई जनप्रतिनिधी, आम नागरिकबाट यो भएन्, त्यो भएन् भन्दै ठारो भाषा बोल्द साह्रै मन दुख्छ,’ उनले भने । त्यसैगरी तुलसीपुर उपमहानरपालिकाले आफुहरुको लागी विभिन्न सहयोग गर्दै आएको समेत फोकल पर्सन केसीले बताए । त्यसैगरी उनले दैनिक २/४ घण्टा मात्र सुत्ने गरेको बताए । त्यसैगरी उनले रात दिन नागरिकको सेवा खटिने स्वास्थ्यकर्मीहरुलाई दुरब्यवहार गर्न नहुने बताए । ‘यदि हामीलाई कोरोना संक्रमण भयो भने पनि हामी आइसोलेसनमा खटिएर विरामीको सेवा गर्ने छौँ, त्यसैले हाम्रो बारेमा राज्यले ध्यान दिनुपर्छ,’ उनले भने । त्यसैगरी बबई गाउँपालिकाका स्वास्थ्य संयोजक हरि खड्काले आफुहरुलाई जोखिम भएता पनि दिनरात खटिएर काम गर्दै आएको बताए । उनले शुरुको अवस्थामा आफुहरुलाई देख्दा गाउँ समाज नै त्रसीत हुने गरेको भएता पनि पछिल्लो समय बुझ्दै जादाँ कम हुदै गएको बताए ।
‘ शुरुको अवस्थामा हामी सुरक्षा अपनाएर क्वारेन्टाइन ब्यवस्थापन गर्ने , बाहिरबाट आएका ब्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने गर्दै आएको थियौँ,’ उनले भने ,‘ तर हामी घरको लागी समान किन्न जादाँ पनि मानिसहरु हामीलाई देख्दा शंका मान्ने अवस्था थियो । पछिल्लो समयमा सबैले बुझ्दै जादाँ त्यो समस्या हटेको छ ।’ त्यसैगरी उनले अहिले भारत तथा तेस्रो मुलुकबाट आउन ब्यक्तिहरु आफु खुशी विभिन्न सार्बजनिक सवारी साधन प्रयोग गर्दै आउने गर्दा जोखिम भएको संयोजक खड्काले बताए । शुरुमा गाउँपालिकाले गाडिको ब्यवस्था गरी क्वारेन्टाइनमा ल्याएर राख्थौँ,तर अहिले आफु खुशी अटो रिक्सामा आउने गर्दा जोखिम बढेको छ ।
तर अहिले सम्म गाउँपालिकामा समुदायस्तरमा कोरोना नभेटिएको उनले बताए । त्यसैगरी स्वास्थ्यकर्मी मात्र नभई एम्बुलेन्स चालकहरु पनि आफुहरु उच्च जोखिममा खटिएर सेवा दिदै आएको बताएका छन् । शान्तिनगर गाउँपालिकाको एम्बुेलन्स चालक मनोज रावतले पहिले भन्दा अहिले जोखिम बढि भएको बताए । अहिले घर र समाजले नै आफुलाई कोरोना पुष्टि भएको जस्ता ब्यवहार गर्ने गरेको उनले दुखेसो गरे । ‘गाउँपालिकामा २ वटा एम्बुलेन्सहरु छन्, त्यहिबाट संक्रमितहरुलाई बोक्ने गरिन्छ । तर हामीले स्वास्थ्य सुरक्षा अपनाएका हुन्छौँ, तर पनि हामीलाई घरपरिवार र समाजमा कोरोना संक्रमित भएको जस्ता ब्यवहार हुन्छ,’उनले भने । घरमा त म जबरजस्ती जान्छु, तर बजारमा कोठा अगाडी एम्बुलेन्स रोक्दा त्यहाँ वरपरका मानिसहरुले आफुलाई कोरोना बोकेर आएको जस्तो ब्यवहार गरेका हुन्छन् ।