नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १९ गते शुक्रवार

काठमाडौं :  नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ६ सय ३८ वटा पीसीआर परीक्षण भएकोमा ४ सय ६४ महिला ८ सय ९५ जना पुरुषमा संक्रमण देखिएको छ । आजसम्म पीसीआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएकोमा ४४ हजार २ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

शुक्रबार १ हजार ३ सय ५३ जना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश १ मा २ हजार १, प्रदेश २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

सक्रिय संक्रमितको संख्या देशभरी १८ हजार ४ सय ४ जना रहेको छ । प्रदेश १ मा १ हजार १ सय १६, प्रदेश २ मा ७ सय ५२, बागमती प्रदेशमा ५ हजार ५ सय ७५ र गण्डकी प्रदेशमा ७ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश ५ मा १ जहार २ सय ५६, कर्णाली प्रदेशमा ४ सय ६१ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ९ सय ४२ जना उपचाररत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार