दाङ : दाङमा विहीवार सम्म ७९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ७०४ जना निको भएर घर फर्किएका छन्, भने विभिन्न आइसोलेसनमा ८९ जना संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमित मध्य घोराहीका ४८ जना, तुलसीपुरका २३ जना, शान्तिनगरका ११ जना, लमहीका १ जना, राप्ती गाउँपालिकामा ५ जना र गढवाका १ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । जिल्लामा हाल सम्म २ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।
जिल्लाका हाल सम्म १३ हजार २९३ जना ब्यक्तिहरु क्वारेन्टाइनमा बसेको थिए । ति मध्य घोराहीमा २३ सय ११ जना, तुलसीपुरमा २ हजार २४ जना, राजपुरमा ६९५ जना, राप्तीमा १ हजार ४४० जना, शान्तिनगरमा ९७९ जना, बंगलाचुलीमा १३९७ जना, गढवामा १ हजार ६२ जना, बबईमा १ हजार ६९९ जना, लमहीमा १ हजार ३५३ र दंशीशरणमा ३३३ जना क्वारेन्टाइनमा बसेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल सम्म १४ हजार ६८० जनाको स्वाब संकलन गरिएको फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
हिजो मात्र घोराहीबाट ११८ जना,बबईबाट ५९ जना र तुलसीपुरबाट १४५ जनाको स्वाब संकलन भएको छ । त्यसैगरी विहीवार जिल्लाका विभिन्न पालिकाका क्वारेन्टाइनमा ९३ जना ब्यक्तीहरु रहेको उनले जानकारी दिए । त्यसैगरी १० पालिका मध्य सबै भन्दा बढि घोराही उपमहानगरमा ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी बंगलाचुलीमा १६० जना, तुलसीपुरमा १०१ जना, गढवामा ४६ जना , राप्तीमा ३८ जना, शान्तिनगरमा ३५ जना, लमहीमा ३५ जना, बबईमा ३२ जना, राजपुरमा २० जना, दंगीशरणमा ५ जना र ठेगाना नखुलेका ४ जना जनामा कोरोना संक्रमण पुष्टि भएको चन्दले जानकारी दिए । साथै जिल्लाका ४ पालिका कोरोनामा कोरोना संक्रमित शुन्य रहेको छ ।
जस मध्य दंशीशरण गाउँपालिका, बंगलाचुली गाउँपालिका, बबई गाउँपालिका र राजपुर गाउँपालिका हुन् । संक्रिय संक्रमितहरु मध्य कोरोना विशेष अस्पताल बेलझुण्डीमा २७ जना, होम आइसोलेसन सेन्टरमा ४३ जना, घोराहीको नारायणपुर अमैमा रहेको कोरोना विशेष आइसोलेसन सेन्टरमा ३ जना, देउखुरीको लालमटियामा रहेको कोरोना विशेष आइसोलेसन सेन्टरमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना र जिल्ला बाहिरका आइसोलेसन सेन्टरमा १० जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हाल ११ वटा क्वारेन्टाइनहरु संचालनमा रहेका र त्यसमा ८७८ वटा वेडहरु रहेको कार्यालयले जनाएको छ ।