तिर्थराज ज्ञवाली
देउखुरी दाङ : नदीको जलिय जैबिक विविधताका संरक्षण अभियान अन्तरगत राप्ती गाउँपालिका ५ मा गठित मंग्र जलीय जैविक विविधता संरक्षण समुहको पहलमा लोपोन्मुख कछुवा संरक्षण गरिएको छ । दोलाई खोलामा परम्परागत रुपमा माछा मार्ने क्रममा भेटिएको घाईते कछुवालाई मौसम अनुकुल जिवन प्रदान गर्नका लागि देउकी सामुदायीक बन क्षेत्रको पोखरीमा छोडिएको छ ।
गाउँपालिका ५ मा गठित मंग्र जलीय जैविक विविधता संरक्षण समुहले दोलई खोलामा रहेको जलीय जलचर संरक्षण सम्बन्धी काम गर्दै आईरहेको बारेमा विगतका दिनमा गाउँ टोल विद्यालयमा जनचेतना फैलाउदै आएको कारण १७ बर्षीय देवी राम चौधरीले दोलाई खोलामा भेटाएको घाईते कछुवाको संरक्षण गर्नु पर्छ भन्ने उदेश्य राखी समुहलाई हस्तान्तरण गरेको बताए ।
भेटिएको भद्दैर प्रजातीको लोपोन्मुख कछुवालाई स्थानिय थारु समुदायमा सुपा जस्तो ठुलो हुने भएकोले सुप्पैहवा समेत भन्ने गरिएको छ । सो कछुवा १५ बर्ष पछि दोलई खोलामा देखिएको र यसको तौल ३० के.जी. सम्म हुने मंग्र जलीय जैविक विसवधता संरक्षण समुहका उपाध्यक्ष जगनारायण चौधरी र कोषाध्यक्ष मनि राम चौधरीले बताए ।
मानव कल्याण तथा बातावरण संरक्षण केन्द्र द्धारा संचालीत राप्ती नदीको जलिय जैबिक विविधताका संरक्षणको माध्यमले दिगो आर्थीक विकास कार्यक्रम अन्तरगत राप्ती नदीको चुनौतीहरुलई न्युनिकरण गर्ने दिगो तरीकाले माछाको उपयोग गरी बिनासकारी माछा मार्ने तरिकालाई निरुत्सााहित गर्ने, मध्य राप्ती जलाधार क्षेत्रमा पाईने स्रोतहरुको सुधार तथा व्यवस्थापन गर्नका लागी देउखुरी उपत्यकाका विभिन्न पालिकामा ९ वटा समुह समेत गठन गरि संरक्षणको अभियानलाई तिब्रता दिदै आएको छ ।