तुलसीपुरबाट जुवा खेलिरहेको अवस्थामा ६३ हजार बढि रकम सहित १३ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १८ गते बिहिवार

दाङ : तुलसीपुरबाट  प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६३ हजार बढि रकम सहित १३ जना पक्राउ गरेको छ । बुधवार तुलसीपुर १४ पननपुर निवासी निम बहादुर केसीको घरमा जुवा खेलिरहेका अवस्थामा नगद ६३ हजार ८४० रुपैयाँ सहित १३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोप्य सुचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर १४ का ३५ बर्षीय मधुकर बस्नेत, सोहि ठाउँ निवासी ३७ बर्षीय माधव विक, ३० बर्षीय दिपक वादी, ३८ बर्षीय राजाराम विक, ३० बर्षीय निर्मल केसी, ३१ बर्षीय चुडामणी खत्री, ३३ बर्षीय भागवत डाँगी, ४८ बर्षीय बाबुराम नेपाली, ६५ बर्षीय निमबहादुर केसी, १६ बर्षीय विकेश परियार, वडा नं. १० का २२ बर्षीय दिपक डाँगी, वडा नम्बर १५ निवासी ३५ वर्षिय प्रधुन धिताल र घोराही ९ का २९ बर्षीय बसन्त बुढाथोकी रहेको छन् ।

जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए । त्यसैगरी जुवा खेल्न प्रयोग गरिएका ५ गड्डी तास र नखोलेको एक गड्डी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार