तुलसीपुर : तुलसीपुर ५ निवासी २३ बर्षीय एक महिला स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सल्यानको कपुरकोटमा कार्यरत ति स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्यानको कपुरकोटबाट आएको ६४ जनाको स्बाव मध्य उनीमा कोरोना संक्रमण पुष्टि भएको र अन्यको रिर्पाेट नेगेटिभ आएको छ । त्यसैगरी घोराहीका १० का २०,४५ बर्षीय पुरुष, २४ बर्षीय महिला र गढवा गाउँपालिकाका ७ का उम्मेर नखुलेका एक जना पुरुषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
त्यसैगरी प्युठान नगरपालिका ७ का ४३ बर्षीय पुरुष र २५ बर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्युठानबाट आएका ७४ जनाको स्बाव पीसीआर विधीबाट परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको थियो,भने अन्यको रिपोर्ट नेगटिभ आएको छ ।