तुलसीपुर : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजबाट ओपिडी (बहिरंग) सेवा सुरु भएको छ ।
अस्पतालले सबै सेवा सुचारु गरेपछि आजदेखि बिरामीहरु उपचारका लागि आउन थालेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट जनरलिष्ट डा. पदमराज अधिकारीले जानकारी दिए ।
ओपिडी, ईमरजेन्सी र प्रसुती सेवा सबै ठाउँमा बिरामी आइसकेको र चेकजाँच र अप्रेसन समेत सुरु भइसकेको डा.अधिकारीले बताए ।
अस्पतालमा कार्यरत २ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि ओपिडी सेवा बन्द गरिएको थियो ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस