भमके, बौलाह खोला लगाएत अन्य खोलामा पुल नहुदाँ नागरिकले सास्ती भोग्दै

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार

निर्मल न्यौपाने
दाङ : पश्चिम दाङका माथिल्लो भेगका नागरिकहरु खोलाहरुमा पुल नहुदाँ जोखिममा यात्रा गर्न बाध्य भएका छन् । यहि भाद्र ४ गते शान्तिनगर २ अमुवा माइत जान लागेकी तुलसीपुर १६ की बिना बस्नेत र उनको ८ बर्षीय छोरा र भाईलाई बौलाह खोलाले बगाउँदा झण्डै ज्यान गएको थियो । यो त एउटा प्रतिनिधी घटना हो ।

तुलसीपुर देखि भमके, शान्तिनगर हुदै खिलतपुर जाने सडक अन्र्तगतमा पर्ने भमके खोला, पातेटाकुरा खोला, बौहाल खोला र शान्तिनगर १ र २ को सिमानामा पर्ने खोलामा पुल नहुदाँ नागरिकहरु बर्षायाममा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । शान्नितगर २ का डिल्ली विष्टले ति खोलाहरुमा पुल नहुदाँ आफुहरुले धेरै समस्या भोग्नु परेको उनले बताए ।‘ खोलाहरुमा पुल नहुदाँ पैदल यात्री मात्र नभई साना सवारी साधनले समेत सास्ती भोग्नु परेको छ ,’ उनले भने,‘ शान्तिनतगर २ का नागरिकहरु तुलसीपुर बजार जानको लागी ३ वटा खोला पार गर्नु पर्छ ।

तर ति खोलाहरुमा पुल नहुदाँ जोखिम मै यात्रा गर्नु पर्छ । ’ उसो त खोलाहरुमा पुल नहुदाँ बर्षायाममा जोखिम हुन्छ, त्यसमा पनि बाटो पिच भए पनि साघुरो हुदाँ दुर्घटनाको जोखिम उत्तिकै रहेको उनले बताए । त्यसैगरी सोही सडकमा अटो रिक्सा चलाउँदै आएका प्रकाश खड्काले खोलामा पुल नहुदाँ धेरै सास्ती भोग्नु परेको उनले बताए । विशेषगरी बौहाल खोला र भमके खोला ठुलो भएकाले खोलामा बाढि आएपछि घन्टौ सम्म कुरेर बस्नु पर्ने उनले बताए ।

‘ शान्तिनगर २ बाट यात्रु लिएर तुलसीपुर आउँदा खितलतपुर हुदै तुलसीपुर सुर्खेत सडक अन्र्तगत जाउँ भन्दा पनि खोला पर्छ,’उनले भने,‘जता बाट जादाँ पनि खोला पर्दछ । त्यसैले यहाँका जनताले पाएको सास्तीको बारेमा राज्यले ध्यान दिनु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार