काठमाडौं : नेपालमा थप १ हजार ६९ जना कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ६९ जना संक्रमित थपिएका हुन्।
यस्तै उपत्यकामा ४८१ जना नयाँ संक्रमित थपिएका छन्। काठमाडौं ३९३ भक्तपुर ३० र ललितपुरमा ५८ संक्रमित थपिएका हुन्। यस्तै नेपालमा थप ७ सय ६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२१७८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।