काठमाडौं : कक्षा १२ को परीक्षा दशैँ अघि नहुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले कोरोना संक्रमणदर दिनहुँ बढिरहेकाले दशैँअघि परीक्षा सञ्चालन गर्ने सम्भावना नदेखिएको बताएका छन्। परिक्षाबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिलेसम्म पनि केही प्रतिक्रिया दिएको छैन् ।
साउनमै दशैँअघि परीक्षा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसी लाई पत्राचार गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन् । कोरोना संक्रमणका कारण दशैँअघि परीक्षा सञ्चालन गर्न केही तयारी नथालिएको पनि उनले जानकारी दिए।
सबैजसो जिल्लामा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएको, धेरै विद्यार्थीहरू गाउँमै रहेका र लामो दुरीको सवारी साधन चल्ने छाँटकाँट नदेखिएकाले परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएको बोर्डका अधिकारीहरूले बताएका छन्।