दाङमा निषेद्याज्ञा थप कडाई, दोस्रो दिन बिहानै तुलसीपुरमा एक सय जना होल्डमा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार


शरद रेग्मी
दाङ,१६ भदौ  :  दाङमा निषेद्याज्ञा सुरु भएको दोस्रो दिन स्थानिय प्रशासनले थप कडाई गरेको छ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढेपछि आइतवार राती देखि भन्दौ २१ गते राती सम्म निषेद्याज्ञा घोषणा गरिएको हो । निषेद्याज्ञा सुरु भएसंगै जिल्लामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीका साधन, बजारहरु बन्द भएका छन् । जिल्लाका प्रमुख बजारहरु तुलसीपुर, घोराही, नारायणपुर र लमही भालुबागका बजारहरु पुर्ण रुपले बन्द भएका छन् । जसले गर्दा जिल्लामा सुनसान देखीएको छ ।

गएको शुक्रवार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समितिको एक हप्ते निषेद्याज्ञा गर्ने निर्णय गरेको थियो । जिल्लामा कोरोना संक्रमणको भयावह अवस्था हुन थालेपछि रोकथाम तथा नियन्त्रणका लागी निषेद्याज्ञा गरिएको हो । त्यसैगरी निषेद्याज्ञामा नियमको उल्लङघन गर्ने जोसुकैलाई पनि कारवाही गरिने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताएका छन् । सवै आ–आफनो घरमै बसेर कोरोना संक्रमणबाट बच्नका लागी सावधानी अपनाउन समेत उनले सबैमा आग्रह गरेका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय तुलसीपुरले बिहानैदेखि बिना काम घरबाहिर निस्किएका करिब १ सय नागरिक र मालबाहक,यात्रुबाहक सवारीका साधनहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले एक हप्ता अघिदेखि माईकीङ गरेर लकडाउनको बारेमा निरन्तर जानकारी गराउदाँ समेत अटेरी गरेर बाहिर निस्किएकाहरुलाई होल्डमा राखिएको इप्रका तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिए । प्रहरीले जोखिम मोलेर नागरिकको स्वास्थ्य सुरक्षा जोगाउन सडकमा उत्रिएको भन्दै लकडाउन कार्यान्वयन गर्न सबैले सहयोगीको भुमिका खेल्नुपर्ने समेत उहाँले बताउनुभयो । त्यसैगवरी शसस्त्र प्रहरीले तुलसीपुरको बिपी चोकमा २५ जनालाई होल्डमा राखेर सम्झाई बुझाई छाडिएको शसस्त्र ब्यस क्याम्प तुलसीपुरका शसस्त्र प्रहरी निरिक्षक टेकराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार