• २०७७ फाल्गुन १८ गते मङ्गलवार

नेपालमा सोमबार थप ९ सय ७९ जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २२ गते सोमवार

काठमाडौं :  नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।सोमबार ९ सय ७९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी ९ सय ७९ जनामा संक्रमण देखिएको जानकारी दिए ।

संक्रमितमध्ये उपत्यकाका ३ सय २६ जना रहेका छन् ।जसमा काठमाडौंका २ सय ९३, ललितपुरका २० र भक्तपुरका १३ जना रहेका छन् । हाल देशैभरी गरेर ४ हजार ४सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी आइसोलेशनमा १६ हजार २ सय ५९ जना रहेका छन्। हालसम्म कूल संक्रमितमध्ये ३० हजार ६ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार