• २०७७ फाल्गुन १५ गते शनिवार

तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा एक महिला घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २२ गते सोमवार

तुलसीपुर : तुलसीपुरमा मोटरसाइकलले ठक्कर दिदा एक महिला घाईते भएकी छन् । तुलसीपुर देखी गोटिखोलातर्फ जादै गरेको रा५प ५५८३ नम्वरको मोटरसाइलकले तुलसीपुर सल्यानरोड अन्र्तगत तुलसीपुर ७ पेट्रोल पम्प नजिकै ठक्कर दिदा सोहि ठाउँ निवासी ६९ बर्षिया नन्दकली विक घाईते भएको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । आइतवार बेलुकी साढे ५ बजे तिर मोटरसाइकलले ठक्कर दिदाँ घाईते भएकी विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुृरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार