• २०७७ कार्तिक १५ गते शनिवार

नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

काठमाडौं :  नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षिया महिलाको मृत्यु भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार