• २०७७ कार्तिक ४ गते मङ्गलवार

शान्तिनगरमा समुदायस्तरमा स्वाब संकलन शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार


दाङ :  समुदायमा कोरोनाको संक्रमण पहिचानका लागि शान्तिनगर गाउँपालिकाले पनि समुदायस्तरमा स्वाब संकलन गर्न शुरु गरेको छ । गाउँपालिकाले पिसिआर परिक्षण गर्नका लागि आइतवार गाउँपलिका वडा नं. ६ र ७ विभिन्न ५२ जना ब्यक्तिहरुको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।

साथै समुदायस्तरमा कोरोना संक्रमण भए नभएका बारेमा थाहाँ पाउनको लागी ७ वटै वडाका नागरिकहरुको स्वाब संकलन गरिने समेत उनले बताए । गाउँपालिकामा अहिले सम्म हाल सम्म ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने २४ जना निको भएर घर फर्किएका स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी १३ जना संक्रिय संक्रमितहरु आइसोलेसनमा उपचारर्थ रहेका छन् । शनिवार शान्तिनगर ५ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार