• २०७७ कार्तिक १२ गते बुधवार

नेपालमा थप ९ सय ८० जना कोरोना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । त्यसैगरी काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२/ ३२ जनामा संक्तमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा १० हजार ३८२ ओटा पीसीआर परीक्षण गरिएको जानकारी दिए । हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ । नेपालमा हालसम्म २८ हजार ९४१ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्किएका छन् ।

आइतवार मात्रै थप १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । हाल क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् ।मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ९ हजार २०१ जना रहेका छन् । त्यस्तै होम आईसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यसैगरी हाल १७ हजार २७ जना सक्रिया संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार