• २०७७ फाल्गुन २२ गते शनिवार

दाङमा एक हप्तासम्म जारी निषेधाज्ञामा स्वरुप परिवर्तन

भदौ २८ गते सम्म विहान ६ देखी १२ बजे सम्म बवार खुल्ने
Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

दाङ : दाङमा एक हप्तासम्म जारी निषेधाज्ञामा स्वरुप परिवर्तन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालका अनुसार भदौ २८ गते आइतबार सम्मका लागि बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म बजार खुल्ला रहने छन् ।

त्यसैगरी सोही समयमा नीजि प्लेटका गाडीहरु जोर बिजोर प्रणाली अनुसार सञ्चालनमा समेत आउनेछन् । सार्वजनिक यातायातका साधनहरु भने अर्को निर्णय नहुँदा सम्म बन्द नै रहने छन् । दाङ जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखापरेपछि भदौ १४ गतेदेखि राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।

यस्तो छ निणर्य 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार