• २०७७ कार्तिक १३ गते बिहिवार

घोराहीमा हाल सम्म ३३८ जनामा कोरोना पुष्टि, २७३ जना निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

दाङ :  घोराही उपमहानरपालिकामा शनिवार सम्म ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ । हिजो मात्र १८ जना नयाँ संक्रमित थपिएका थिए । संक्रमित मध्य हाल सम्म २७३ जना निको भएर घर फर्किएका उपमहानरले जनाएको छ ।

त्यसैगरी ६३ जना संक्रिय संक्रमितहरु रहेको र उनीहरुको आइसोलेसन सेन्टरमा रहेको उपमहानगरले जनाएको छ । उपमहानरमा हाल सम्म ३ हजार ५९० जनाको स्वाब संकलन गरिएको समेत उपमहानगरले जनाएको छ । उपमहानरमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको थियो ।

एक जना ब्यवारिसे महिला र एक जना घोराही कै भारतको दिल्लीमा उपचारको क्रममा मृत्यु भएका ब्यक्तिमा कोरोना पुष्टि भएको थियो । त्यसैगरी उपमहानगरले संचालन गरेको क्वारेन्टाइनमा हाल सम्म २३ सय ११ जना आएर बसेका थिए । उपमहानगरले ९१ स्थानमा ३५ सय २१ बेडको क्वारेन्टाइन संचालन गरेको थियो । ति सबै अहिले खालि रहेको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार