• २०७७ कार्तिक १५ गते शनिवार

तुलसीपुरमा  स्वास्थ्यकर्मी, नाई,  होटलमा काम गर्ने सहित थप १८ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २० गते शनिवार

दाङ :  तुलसीपुर शनिवार कोरोना संक्रमण भएका मध्य ४ जना स्वास्थ्यकर्मी, एक जना कार्यालय सहयोगी, एक जना कपाल काट्ने नाई, एक जना होटलमा काम गर्ने र एक जना बाहिरबा आएर होटलमा बसेका रहेको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । त्यसैगरी एक जना आंशक गरिएका ब्यक्ति र अन्य ९ महिने बालकदेखि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

त्यसैगरी तुलसीपुरबाट स्वाब संकलन गरि पठाएका शान्तिनगर ५ का २७ बषीृय पुरुषमा पनि कोरोना पुष्टि भएको केसीले बताए । संक्रमित हुनेहरुमा तुलसीपुर १ का २१ बर्षीय, तुलसीपुर ५ का १५,१७,२३,४०, तुलसीपुर ६ का ३२,३५,४७,५०, तुलसीपुर ७ का ९ महिने र ३१ बर्षीय, तुलसीपुर ८ का ३० बर्षीय, तुलसीपुर १७ का २५ बर्षीय, तु्लसीपुर १८ का ३०,४५, तुलसीपुर १९ का २८,७१,७५ गरी १० महिला, ८ जना पुरुष गरी १८ जना र शान्तिनगर ५ का २७ बर्षीय पुरुषमा पनि कोरोना पुष्टि फोकल पर्सन केसीले जानकारी दिए ।

साथै उनीहरु सबैलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लग्ने तयारी भइरहेको समेत उनले बताए । यो सँगै तुलसीपुरमा संक्रमितको संख्या ११९ पुगेको छ, भने शुक्रवार सम्म ७८ जना निको भएर डिस्चार्ज भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार