• २०७७ फाल्गुन २० गते बिहिवार

बढ्दो कोरोना संक्रमण न्युनिकरणमा सहयोगी भूमिका निर्वाह गर्नुहोस् : अध्यक्ष बास्कोटा

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २० गते शनिवार


 दाङ, २० भदौ  :  नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रिय अध्यक्ष शिवराज बास्कोटाले कोभिड १९ को बढ्दो संक्रमण न्युनिकरण गर्न जिल्लामा अवस्थित सरोकारवाला निकायहरु संग समन्वय गरी सामुदायिक सचेतना लगायतका कृयाकलापहरु संचालन गर्न र आवश्यक परेको खण्डमा स्वास्थ्य सामाग्री समेत उपलब्ध गराउन पहल गर्नको लागि संघमा आवद्ध सम्पूर्ण थोक व्यबसायीहरुलाई आग्रह गरेका छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ ५ नं. प्रादेशिक समिति दाङका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा शनिबार डिजिटल संवाद कार्यक्रमका प्रमुख अतिथी समेत रहेको अध्यक्ष बास्कोटाले कोरोनाको प्रकोप संगै विश्वभर आर्थिक मन्दी भएकोले बिदेशबाट आयात गर्नुपर्ने कच्चा पदार्थहरुको अभावको कारण नेपाली औषधी कम्पनीहरुलाई औषधी उत्पादन र बितरणमा समस्या भएको बताए । जसले गर्दा औषधी आयात गरी बिक्री बितरण गर्ने कम्पनीहरुको पनि आयात(निर्यातमा पर्ने समस्याको कारण उधारोमा कारोवार गरिने औषधी व्यापार नगदमा रुपान्तरण गर्न गरिएको आग्रहलाई आत्मसात गर्दै परिस्थिती सहज नहुँदा सम्म कम्पनीहरुले विगतमा अपनाईरहेको व्यापार नितीलाई यथावत राख्न अनुरोध गरे ।
साथै उनले वर्तमान परिस्थितीमा औषधीको खपत कम हुँदै गएकाले देशैभरिका थोक व्यवसायीहरुको गोदाममा ठुलो मात्रामा स्टक भएका सामानहरु म्याद गुज्रन लागेको हुँदा उक्त सामानको हिसाव यथाशिघ्र मिलान गर्न पनि कम्पनीहरुसंग आग्रह गरे ।

डिजिटल संवादमा जोडिएका सबै सदस्यहरुले प्रबिधीको उच्चतम प्रयोग गर्दै यस्तो विषम परिस्तिथिमा पनि केन्द्रिय अध्यक्ष लगाएत सहभागि सदस्यहरु बिच विचार आदान(प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे । डिजिटल संवादको सहजिकरण संघका महासचिव तुफानबाबु श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार