• २०७७ कार्तिक ४ गते मङ्गलवार

शान्तिनगरको न्यायिक समितिमा गत आर्थिक वर्षमा २५ वटा मुद्धा दर्ता

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २० गते शनिवार


दाङ :  शान्तिनगर गाँउपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्षमा २५ वटा मुद्धा दर्ता भएका छन् । खान लाउन नदिएको ७ वटा,पारिवारीक झगडा ४ वटा , जग्गा खिचलो साध सिमाना ४ वटा,बाधपैनि,कुलो पानी ५ वटा,ज्याला मजदुरी २ वटा , कुटपीट १ वटा,लेनदेन २ वटा गरी २५ वटा मुद्धा दर्ता भएको न्यायीक समितीले जनाएको छ । ति मध्ये २५ वटा मुद्धा मध्ये १६ वटा मिलापत्र भएको ४ वटा मिलाउन बाँकी र ५ वटा सिफारीस रहेका छन् ।

जसमा खान लाउन नदिएको ५ वटा मिलापत्र भएको र २ वटा मिलापत्र गर्न बाँकि रहेको छ । पारिवारीक झगडा ४ वटा मिलापत्र ,जग्गा खिचलो साध सिमाना २ वटा सिफारिस भएको २ वटा मिलाउन बाँकि,बाधपैनि,कुलोपानि ५ वटा मिलापत्र,ज्याला मजदुरी २ वटा मिलापत्र, कुट पीट १ वटा सिफारीस , लेनदेन २ वटा सिफारीस भएको न्यायीक समितीका संयोजक मिथिला शाहले जानकारी दिइन् । आर्थिक वर्ष २०७५÷ ७६ मा जम्मा २७ वटा मुद्धा दर्ता भएको न्यायीक समितीले जनाएको छ ।

जसमा ११ वटा मुद्धा मिलापत्र भएको छ भने ६ वटा मिलाउन बाँकि रहेको र १० वटा सिफारीस भईसकेको कार्यालयले जनाएको छ । जसमा पारिवारीक झगडा ४ वटा,पारिश्रमिक भुक्तानी १ वटा,सम्बन्ध विच्छेद ३ वटा, बहुबिबाह १ वटा,लेनदेन १ वटा,जग्गा खिचिलो,साँध सिमाना ५ वटा,कुलोपानी १ वटा,जन्मदर्ता,बिबाहदर्ता १ वटा ,बाली अर्मल १ वटा,धनमाल १ वटा,खानेपानि १ वटा, गालीगलौज २ वटा , मारपिट २ वटा , सम्पत्ति सम्बन्धि १ वटा ,खानलाउन नदिएको १ वटा रहेका छन् ।

जस मध्ये मिलापत्र भएको ११ वटा ,सिफारीस भएका १० वटा र मिलापत्र हुन बाँकी ६ वटा रहेका छन् । आर्थिक वर्ष २०७४७५ मा शान्तिनगर गाँउपालिकामा ७ वटा मुद्धा सम्पादन भएको,सम्पादन हुन बाँकी २ वटा,छलफलका लागि कार्यायमा पठाएका विवादहरु २ वटा , वडा कार्यालयमा सिफारीसमा भईआएको विवाद १ गरी जम्मा १२ वटा मुद्धा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार