• २०७७ कार्तिक ४ गते मङ्गलवार

दाङमा शुक्रवार ६ बर्षीय बालक सहित ४ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १९ गते शुक्रवार


दाङ :  दाङमा शुक्रवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पीसीआर परिक्षण गर्दा ६ बर्षीय बालक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय दाङका फोलक पर्सन कमल चन्दले जानकारी दिए ।  संक्रमित हुनेहरुमा घोराही १५ का ६ बर्षीय बालक र २५ बर्षीय महिला र राजपुर गाउँपालिका वडा नं. ७ का १७ र ३६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको चन्दले जानकारी दिए  ।

घोराही उपमहानरबाट संकलन भइ आएको ३९ जनाको स्बाव पीसीआर विधीबाट परिक्षण गर्दा २ जनामा पोजेटिभ र अन्यमा नेगेटिभ आएको छ । त्यसैगरी राजपुर गाउँपालिकाबाट आएको ३१ जनाको स्वाब परिक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ, भने अन्यको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार