• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा कोरोना भाइरस बाट थप १४ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १९ गते शुक्रवार

काठमाडौं : नेपालमा कोरोना भाइरस बाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० जना पुरुष र ४ महिला गरी १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका मात्रै ४ जना महिला रहेका छन् । काठमाडौंका ८२, ६७ र २२ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले बताए । एकजना चिवतनका ३५ वर्षिया महिला रहेका छन् ।

यसैगरी सप्तरीमा ५५/५५ वर्षका दुई जना पुरुष, धनुषामा ६५, कास्कीमा ३१ र नवलपरासीमा ३७ वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै प्युठानमा ५८, रुपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेत ४२ वर्षिय पुरुषको मृत्यु भएको उनले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार