• २०७७ फाल्गुन २२ गते शनिवार

तुलसीपुरका विभिन्न ठाउँबाट विहीबार १४५ जनाको स्वाब संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १९ गते शुक्रवार

तुलसीपुर : तुलसीपुरबाट विहीवार १४५ जनाको स्वाब संकलन गरिएको छ । समुदायस्तरमा देखिएको कोभिड संक्रमण शंकास्पद तथा जोखिम क्षेत्र र संक्रमितहरुको घरपरिवारको घरमै पुगेर अन द स्पट स्वाव संकलन गरिएको उपमहानरका जनस्वास्थ्य निरीक्षक एवं कोभिड १९ फोकल पर्सन विमल केसीले बताए ।

जसमा दमारगाउँ, उरहरी चोक, होटलहरु , बजारका विभिन्न चोक तथा संक्रमितका घर परिवारमा कन्ट्याक्ट ट्रेसिंङमा परेका १९ वटै वडाका स्वास्थ्यकर्मी, मानपुर, विजौरी क्षेत्र र बालापुर क्वारेन्टाइन मारहेका व्यक्तिहरु लगाएत १४५ जनाको स्वावको संकलन गरिएको केसीले बताए । उ

पमहानरमा हालसम्म जनप्रतिनिधी सहित १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ७९ जना पुरुष र २२ जना महिला रहेको फोकल पर्सन केसीले जानकारी दिए । ति मध्य एक जना जनप्रतिनिधी, १५ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु समेत कोरोना पुष्टि भएको उनले बताए ।

हाल सम्म ७८ जना निको भएर डिस्चार्ज भएको र २३ जना संक्रिय संक्रमितहरु रहेको केसीले जानकारी दिए । विहीवार सम्म उपमहानरले संचालन गरेको बालापुर क्वारेन्टाइनमा ६ महिला र १२ पुरुष गरी १८ जना रहेको समेत उनले बताए । हाल सम्म उपमहानरमा २ हजा ९०२ जनाको स्वाब संकलन भएकोमा १४५ जनाको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार