• २०७७ कार्तिक १२ गते बुधवार

तुलसीपुरमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १८ गते बिहिवार

तुलसीपुर :  तुलसीपुरमा कारले मोटरसाइकललाई ठक्कर दिदाँ २ जना घाईते भएका छन् ।  तुलसीपुरको गुम्राह चोकमा विहीवार  बिहान सवा सात बजे कारले मोटरसाईकललाई ठक्कर  तुलसीपुर  ९ बेलुवा निबासी २५ बर्षीय मोहन पाठक र तुलसीपुर   ६ गाईडर बस्ने ४२ बर्षीय मिना पाठक घाईते भएको  ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

राप्ती बबईबाट क्याम्पस रोडबाट बजार तर्फ आउँदै गरेको रा५प ५२३३ नम्बरको मोटरसाईकललाई ग३च १४७६ नम्बरको कारले गुम्राह चोकमा ठक्कर दिदा उक्त घटना भएको थियो । चालक सहित कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार