• २०७७ कार्तिक ६ गते बिहिवार

कोरोना अस्पतालका बेलझुण्डीका सदस्य सचिव डा. शर्माले भने पीसीआर परीक्षण बन्द गरौ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १८ गते बिहिवार

तुलसीपुर  :   कोरोना विशेष अस्पताल बेलझुण्डी दाङका सदस्य  सचिव डा. सर्वेश शर्माले पीसीआर बन्द गरौं भन्दै केहि दिन अगाडी सामाजिक संजाल फेसवुकमा स्टाटस लेखेका छन् । उनले मान्छेहरु खान नपाएर मरिरहेका छन् । हामी अरबौ रुपैयाँ पीसीआर परिक्षणमा खर्च गरिरहेको भन्दै बन्द गर्नु पर्ने भनेका छन् । त्यसैगरी उनले आइसोलेसन,कन्ट्रयाक टेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं समेत भनेका छन् ।

उनले लेखेका छन् ।

आज मेरो मनमा Covid-19 सम्बन्धमा अलि फरक खालको क्रान्तिकारि बिचार आयो कसैले त प्रतिगमनवादी पनि भन्नुहोला तर यसो गरे कसो होला ?
१) PCR टेस्ट बन्द गरौं किनकी जति धेरै टेस्ट उति धेरै कोरोना, मान्छेहरु खान नपाएर मरिरहेका छन हामी अरबौ रुपैया PCR मा खर्च गरिरहेकाछौ र अझै गर्दैछौ।
२) आइसोलेसन, Contact त्रेसिङ, क्वारेन्टाइन बनाउने, अस्पताल सिल गर्ने काम बन्द गरौं ।
३) ज्वरो आएमा, स्वास्प्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्र अस्पताल जाऔ र पोजिटिभले पोजिटिभको उपचार गरौं ।
४) लकडाउन गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन / निशेधाज्ञा सबै हटाउ । धेरै हल्ला खल्ला पनि नगरौं, किनकी कोरोनाले भन्दा अरु कारणले धेरै क्षती भैसक्यो, धेरै मान्छे मरिसके र देशको आर्थिक अवस्था धरासायी भैसक्यो । अझै यो क्रम अन्त्य होला जस्तो छैन ।
५) धेरै नडराउ किनकी कोरोनाको कारणले मात्र होईन अन्य कारणले पनि मरिन्छ नि ? कोरोनाले भन्दा धेरै मानिस त अहिले दीर्घ रोग र अन्य रोगको उपचार नपाएर मरिरहेका छन।
६) कोरोना संगै बाच्न सिकौ, आफ्नो सुरक्षा आफैं गरौ। मास्क लगाउ, हात धोऔ, भौतिक दुरि कायम गरौ र सामान्य जिवनशैलिमा फर्किउ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार