• २०७७ कार्तिक ११ गते मङ्गलवार

बाग्लुङमा बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगे

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १८ गते बिहिवार

फाइल तस्बिर

बाग्लुङ, १८ भदौ  :  बाग्लुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। सुकुर्दुङस्थित भुजीखोलाको बाढीमा अझै १३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार बाढीले १३ घर बगाएको छ । घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन ।

बेपत्ता र मृतकको संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए ।

हालसम्म ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार