दाङ : दाङमा बुधवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरका ३ जना र गढवा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । संक्रमित हुनेमा घोराही १० का २० , ४५ बर्षीय पुरुष र २४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको चन्दले बताए । त्यसैगरी गढवा गाउँपालिका ७ का उमेर नखुलेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस