• २०७७ फाल्गुन १२ गते बुधवार

शान्तिनगर २ का राजु केसीको हृदयघातका कारण गोवामा मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार

दाङ  : भारतको गोवामा शान्तिनगरका एक ब्यक्तिको हृदयघातका कारण मृत्यु भएको छ । बुधवार स्थानिय समय अनुसार बिहान करिब ८ बजे दाङ शान्तिनगर गाउँपालिका २ सिमसुन्दरपुर निवासी करिब ४७ बर्षीय राजु केसीको मृत्यु भएको गोवा नेपाली समाजका अगुवा सुनिल रावतले जानकारी दिए ।

डिउटी गरेर कोठातर्फ जादै गर्दा कोठा भन्दा करिब एक सय मिटर अगाडी बाटो मै मृत्यु भएको हो । केसी करिब लामो सयमदेखि गोवामा परिवार सहित बस्दै आएका थिए, भने उनी सेक्युरिटीमा कार्यरत थिए । उनको २ वटा छोराछोरी र श्रीमती रहेको रावतले बताए ।

साथै उनको बुधवार पोेष्टर्माटम गरेर गोवामा नै दाहसंस्कार गरिएको समेत उनले बताए । त्यसैगरी मंगलवार रुकुम पश्चिम त्रिवेणी गाँउपालिका ९ सालघरी निवासी ३६ वर्षिय दिनेश चन्दको पनि हृदयघातका कारण गोवामा मृत्यु भएको छ ।

उनको मंगलवार मुत्यु भएको गोवा नेपाली मजदुर एकता समाजका महासचिव कुबेर केसीले जानकारी दिए । उनी लामो समय देखि गोवामा बस्दै आएका थिए, उनको पनि बुधवार नै दाहसंस्कार गरिएको केसीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार