कपिलबस्तु र नवलपरासीमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु,५ जना घाइते

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार

 दाङ :  कपिलबस्तुमा अटोरिक्सा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ, भने ४ जना घाईते भएका छन् । बुधवार दिउँसो करिब साढे ३ बजेतिर कपिलवस्तु वाणगंगा नगरपालिका १० गनहा पुल स्थित भित्री सडक खण्डमा लु १ ह २६४५ नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार रुपन्देही गैडहवा गाउँपालिका ४ पौवाका करिब ४० बर्षीय दयाशंकर चमारको मृत्यु ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

त्यसैगरी दुर्घटनामा परि घाईते भएका सोही ठाउँकी करिब ५० बर्षीय भानुमति रैदाश, करिब ३७ बर्षीय इन्द्रवती हरिजन, लुम्विनी सांस्कृतिक नगरपालिका ११ का करिब ३० बर्षीय विजय चमारको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यसैगरी रुपन्देही गैडहवा ४ का अटो चालक करिब ३५ बर्षीय टम्केश्वर चमारको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।  त्यसैगरी  नवलपरासीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ ।

बुधवार अप्राहन्न करिब सवा ४ बजेतिर नवलपरासीको रामग्राम नगरपालिका ११ स्थित भित्री सडक खण्डमा ना २ क २०९ नम्बरको ट्रक र लु ४५ प ८७४१ नम्बरको मोटरसाईकल एकआपसमा ठोकिदाँ मोटरसाईकल चालक रुपन्देही ओमसतिया गाउँपालिका ४ का करिब २४ बर्षीय सुरश चौधरी मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेयले जानकारी दिए । त्यसैगरी मोटरसाइकलमा पछाडी सवार नवलपरासी पानीनन्दन गाउँपालिका ४ का करिब १९ बर्षकी प्रिती चौधरी अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार