• २०७७ कार्तिक ६ गते बिहिवार

टेक्नो ब्रान्डको नँया मोडेलले बजारमा शर्बत्र चर्चा कमाउदै , बजार माग पनि उक्तिकै

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार


नेपालगंज : सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगिसकेको छ । विश्व ब्यापि रुपमा मा नभएर नेपालमा पनि विभिन्न मोबाइल फोन कम्पनीले बजार विस्तार गरिरहेका छन । यसै सिलसिलामा नेपाली बजारमा करिब साढे तीन वर्षअघि मात्र प्रवेश गरेको टेक्नो ब्रान्डको स्मार्टफोनले छोटो समयमै उल्लेख्य रूपमा बजार विस्तार गरेको र यो ब्रान्डको नेपालमा अधिकारिक बिक्रेता महालक्ष्मी मोबाईल्स प्रा लि रहेको प्रालिका महाप्रबन्धक सन्तोष भण्डारीले बताए ।

अहिलेको कोरोनाले ल्याएको यस्तो बिसम परिस्थिती पनि आफ्ना ग्राहकको चाहना लाई ध्यान मा राखी , टेक्नो मोबाईल ले आफ्ना २ वटा नयाँ मोडेल स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ । सूचना प्रविधिको विकासले अहिले अधिकांश नेपालीको हातमा स्मार्टफोन पुगेको बेलामा प्रबिधिको दुनियालाई हेर्दा हाम्रो ब्रान्डले पनि राम्रो स्थान पाएको छ र अव आउने २ वटा नँया मोडेलहरु केडि ७ र सिडी ८ को पनि बजार माग राम्रो हुने प्रालिका महाप्रबन्धक भन्डारीले बताए ।

यस कम्पनिले एतिमात्र नभएर एक पछि अर्को गर्दै बिभिन्न नँया तथा आकर्षक फिचरहरुको साथमा अन्य मोडलहरु नेपाली बजारमा क्रमश ल्याउने छ , टेक्नो मोबाइल ब्रान्ड  सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टिको साथमा १३ महिना वारेन्टि रहेको पनि कम्पनिले बताएको छ । यो ब्रान्डमा ग्राहकले रोजेको र खोजेको अनुसार पाउने र सर्भिस तथा पार्टसहरु सहजै पाउने पनि कम्पनिले बताएको छ । Feature of CD8 new model , Feature of kd7 ,Display (6.53        Display (6.60,  Memory(6/128 gb, Memory(4/64 ,Processor (2.35 octacore , Camera(16+2+2 rear and AI front camera Camera – back quad camera 48,2,5,0.2 mp,    Android version(1o  Front 32 mp popup camera , Battery (5000 mah Android version (10.0 , Battery (4000 mah, sensor –finger print,faceunlockS   साथै नेपालको बिभिन्न सहरहरुमा टेक्नो ब्राण्डले केडी सेभेन र सिडि एट नयाँ मोडलको स्मार्टफोन लञ्च गरेको छ । यसै क्रममा बाँकेको नेपालगंजमा पनि आजै मात्रै उक्त फेन सार्वजनिक गरी बजारमा ल्याएको प्रालीका सेल्स म्यानेजर मणिष कुमार गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार केडि सेभेनमा ४ जिबि ¥याम र ६४ जिबि रोम रहेको छ भने सिडि एटमा ६ जिबि र्याम र १२८ जिबि रोम उपलब्ध रहेको छ ।

जसको बजार मूल्य केडि सेभेनको १५ हजार ९ सय ९९ र सिडि एटकोे २५ हजार ४ सय ९९ रहेको छ । टेक्नो ब्राण्डका यसअघिका स्मार्ट फोन प्रयोगकर्ताको रोजाइमा परेकाले विभिन्न सुविधासहित ल्याएको नयाँ स्मार्टफोन पनि रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ । यतिधेरै बिशेषता भएको स्मार्ट फोन बलियो र गुणस्तरिय स्मार्टफोन भएकाले प्रयोगकर्तालाई ढुक्क हुन समेत सेल्स म्यानेजर गुप्ताले आग्रह गरे ।

नेपालगंजमा बिक्रि सुरु गरीएको टेक्नो ब्राण्डको बाँकेका लागि आधिकारिक बिक्रेता ओ एन्ड के ट्रेडर्स रहेको छ । ट्रेडसका प्रोपाइटर तारा केसर खत्रिले टेक्नो ब्राण्डका नयाँ स्मार्टफोनमा प्रयोगकर्ताको रोजाइ अनुसार विभिन्न फिचर उपलब्ध रहेको बताए । नेपालगंजको ओ एन्ड के ट्रेडर्सले टेक्नो सगै आइटेलको पनि बाँके जिल्लामा आधिकारिक रुपमा बिके्रताको रुपमा काम गरीरहेको छ र आइटेल मोबाइलको नँया स्मार्ट फोन भिजन १ पनि सार्वजनिक गरी बजारमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार