• २०७७ कार्तिक १३ गते बिहिवार

राप्ती नदीको किनारमा महिलाको शव फेला

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार

दाङ :  दाङको राप्ती नदीमा एक महिलाको वेवारिसे शव फेला परेको छ । राप्ती गाउँपालिका २ मा राप्ती नदी कटाहाघाटमा ४५ बर्षिय एक महिलाको शव फेला परेको हो । बुधबार बिहान ८ बजे नदीमा दाउरा बटुल्न गएका स्थानीयले नदी किनारमा तैरिरहेको अवस्थामा उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शबको पहिचान हुन नसकेको र थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक गंगाबहादुर सारूले जानकारी दिए । शवको अहिले सम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टमको अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार