• २०७७ फाल्गुन २२ गते शनिवार

राप्ती प्रादेशिक अस्पतालमा आजबाट ओपिडी सेवा सुरु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार

तुलसीपुर :  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजबाट ओपिडी (बहिरंग) सेवा सुरु भएको छ ।

अस्पतालले सबै सेवा सुचारु गरेपछि आजदेखि बिरामीहरु उपचारका लागि आउन थालेको अस्पतालका वरिष्ठ कन्सलटेन्ट जनरलिष्ट डा. पदमराज अधिकारीले जानकारी दिए ।

ओपिडी, ईमरजेन्सी र प्रसुती सेवा सबै ठाउँमा बिरामी आइसकेको र चेकजाँच र अप्रेसन समेत सुरु भइसकेको डा.अधिकारीले बताए  ।
अस्पतालमा कार्यरत २ जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गतेदेखि ओपिडी सेवा बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार