• २०७७ फाल्गुन २१ गते शुक्रवार

स्थानियतहले युवाहरुलाई स्वरोजगार बनाउँदै

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार


तुलसीपुर : पछिल्लो समय बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन यहाँका स्थानिय सरकार र प्रदेश सरकारहरुले युवाहरुलाई अनुदान दिदै आएका छन् । त्यसैगरी तुलसीपुर उपमहानरपालिका वडा नं. १ मा पनि बेरोजार युवाहरुलाई स्वरोजगार गराउँदै आएको छ । गत आर्थिक बर्षमा प्रदेश सरकारबाट आएको अनुदानले २९ जना युवाहरु विभिन्न पेसा गर्दै आएको वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए ।

‘ वडाबाट २९ जना युवाहरुले निवदेन दिएका थिए,’ उनले भने,‘ प्रदेश सरकारले प्रति ब्यक्ति २० हजार अनुदान दिएको थियो । त्यसैबाट अहिले कसैले च्याउ,तरकारी बाख्रा पालन गर्दै आएका छन् । ’ अहिले पनि प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाले अनुदान दिने लागेको समेत उनले बताए ।

अहिले आफुहरुले कोरोनाका कारण विदेशबाट फर्किएका युवाहरुलाई प्राथामिकता दिएर अनुदान दिने समेत उनले बताए । त्यसैगरी शनिवार नमुना युवा सासंद टोली युवा उद्यमशिलताको विषयमा छलफल भएको थियो । आफ्नो ठाँउको माटो केन्द्रित उत्पादनमा जोडीन युवा युवाहरुलाई आग्रह गरिएको थियो । ग्रामीण युवा उद्यम कार्यक्रम मार्फत प्रदान गरिने निर्वाजी ऋण अनुदान, राज्य बाट प्रदान गरिने सात प्रकारको सहुलियतपूर्ण कर्जा, प्रदेश सरकारले ल्याएको करार खेती अनुदान, कृषिमा दिने अन्य व्यासायिक अनुदान लगाएतको बारेमा जानकारी गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार