जिल्ला प्रशासन दाङका एक कर्मचारीमा कोरोना पुष्टि

अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द
Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार

दाङ :  जिल्ला प्रशासन कार्यालय दाङको एक जना सहायक स्तरको कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना पुष्टि भए पछि अति आबश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कार्यालयका कर्मचारीमा कोरोना संक्रम भए पछि कार्यालयबाट प्रबाह हुने अति आबश्यक सेवाहरु शान्ति सुरक्षा, मुद्धा बाहेकका सबै सेवा १७ गते बुधबार देखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको बताए । उनी पारिवारिक काममा जिल्लन बाहिर गएको बेला परिक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार