• २०७७ फाल्गुन २० गते बिहिवार

बाँकेमा करेन्ट लागेर एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार


बाँके : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नं. २ महेन्द्रपुरका २१ बर्षीय तिलक थारुको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोही ठाउँका २३ बर्षीय बल बहादुर थापा, ३१ बर्षीय रिसमान चौधरी र २१ बर्षीय यज्ञ रानाले जंगली बदेलले धानबारी खाएपछि बदेल मार्ने उदेश्यले नजिकैको विद्युतको पोलबाट तार लगी खेतमा राखिएको तारबाट करेन्ट लागेर थारुको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको । सोमवार राति साढे १० बजेतिर थारु माछा मार्ने जादाँ करेन्ट लागेको थियो । उक्त घटनाको बारेमा ईप्रका तुलसीपुरबाट थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार