• २०७७ कार्तिक १२ गते बुधवार

उपचार गर्न गएका तुलसीपुरका २ महिलालाई कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १६ गते मङ्गलवार


तुलसीपुर :  तुलसीपुरका उपचार गर्न गएका २ जना महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर वडा नं.८ की ६५ बर्षीय र वडा नं. ९ की ६० बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । उनीहरु चितवन र बाँकेको नेपालगंज उपचार गर्न गएका उनीहरुको कोरोना पुष्टि भएको उपमहानरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । ६० बर्षीय महिलाको भेरी अस्पताल नेपालगंजमा स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको केसीले बताए ।

उनलाई भेरी अस्पतालको आइसोलेसनमा राखिएको छ । त्यसैगरी अर्की ६५ बर्षीय महिला पोखराबाट फर्किदा चितवनमा स्वाब परिक्षण गर्दा उनलाई पनि कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले बताए । उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा ल्याएको समेत उनले बताए ।

उपमहानगरमा हाल सम्म ९६ जनामा कोरोना संक्रमण पुष्टि भएता पनि ७८ जना निको भएर डिस्चार्ज भएको उनले बताए । त्यसैगरी अहिले सम्म उपमहानरमा २७५७ जनाको स्वाब परिक्षण गरिएकोमा ४४८ जनाको रिपोर्ट आउन बाँकी रहेको समेत उनले बताए । त्यसैगरी सोमवार घोराहीमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही १४ का ५२,५९,६५ बर्षीय पुरुष, २२,४६ बर्षीय महिला, घोराही १५ का २१,३०,३३,५०,५६ बर्षीय पुरुष, १५ बर्षीय महिला र घोराही १० का ३३ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

सोमवार सम्म जिल्लामा ७८४ जनामा कोरोना संक्रमण पुष्टि भएता पनि ६९८ जना निको भएर डिस्चार्ज भएका छन् । साथै ८४ जना संक्रिय संक्रमितहरु रहेको कार्यालयले जनाएको छ । कन्ट्रयाक टे«सिङका आधारमा स्वाब परिक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार