• २०७७ कार्तिक ४ गते मङ्गलवार

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १५ गते सोमवार

फाइल फोटो

काठमाडौं, १५ भदौ :  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार