• २०७७ कार्तिक ६ गते बिहिवार

नेपालमा सोमबार कोरोना भाइरसका ८ सय ९९ सय जना नयाँ संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १५ गते सोमवार

काठमाडौ, १५ भदौ  : नेपालमा सोमबार कोरोना भाइरसका ८ सय ९९ सय जना नयाँ संक्रमित थपिएका छन । योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बिभिन्न जिल्लाका गरी ८ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिए । संक्रमितमध्ये २ सय ९८ जना उपत्यकाका रहेका छन । जसमा काठमाडौका १ सय ९०,ललितपुरका ६७ र भक्तपुरका ४१ जना छन ।

यसैगरी नेपालमा कोरोनाबाट एक ४ वर्षिया बालिकासहित थप ७ जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार महोत्तरीकी ४ वर्षिया बालिकाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेमा गोरखाकी ६५ वर्षिया र रुपन्देहीकी ६८ वर्षिया महिला रहेका छन । यसैगरी झापाका ८६ वर्षिय, रौतहटका ४० वर्षिय, चितवनका ७८ र भक्तपुरका ७७ वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये २१ हजार ४ सय १० जना उपचारपछि निको भएर घर फर्किएका छन । अहीले देशैभरी गरेर १७ हजार ८ सय २२ जना आइसोलेसनमा रहेका छन भने क्वारेन्टिनमा रहनेको संख्या ७ हजार ३ सय ३७ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार