• २०७७ कार्तिक १२ गते बुधवार

प्युठानमा बाटोमा लडेर एक ब्यक्तिको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १५ गते सोमवार

प्युठान :  प्युठानमा बाटोमा लडेर एक ब्यक्तिको मृत्यु भएको छ । आइतवार करिब विहान साढे १० बजेतिर प्युठान नगरपालिका १० छेपाने निवासी ४२ बर्षीय पूर्ण बहादुर राहुमगरको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । उनी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खलगां प्युठानमा कार्यालय सहयोगीमा कार्यरत रहेको प्रहरीले जनाएको छ । घरबाट कार्यालयतर्फ जादै गर्दा बाटोमा अचानक लडेर घाईते हुदाँ जिल्ला अस्पताल विजुवार लैजादै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा जिप्रका प्युठानबाट थप अनुसन्धान भइ रहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार