• २०७७ कार्तिक ४ गते मङ्गलवार

नेपालमा कोरोना संक्रमितको संख्या हाल सम्मकै उच्च, १२२१ जना संक्रमित थपिए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १४ गते आइतवार

काठमाडौं, १४ भदौ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिनमा थपिएको संक्रमितको संख्या यो हालसम्मकै उच्च हो । योसँगै नेपालमा संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ ।

आइतबार सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । प्रदेश १ मा १ हजार २ सय ४७, प्रदेश २ मा २ हजार १ सय २, बागमती प्रदेशमा ४ हजार ३ सय ७० र गण्डकी प्रदेशमा ४ सय ८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश ५ मा १ हजार ९७, कर्णाली प्रदेशमा ३ सय ६० र सुदूरपश्चिम प्रदेशमा ९ सय ५६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ६ सय १२ जना रहेका छन् ।

प्रदेश १ मा १७ जना, प्रदेश २ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश ५ मा १६ जना गरी १ सय ४४ जना आइसियुमा उपचाररत रहेका छन् । यसैगरी प्रदेश १ मा ३ जना , बामगती प्रदेशमा १२ र प्रदेश ५ मा २ गरी १७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आइतबार २ सय ६७ जना डिस्चार्ज भएका छन् । प्रदेशमा १ मा १ हजार ५ सय ६९, प्रदेश २ मा ४ हजा।र ७ सय ४३, बागमती प्रदेशमा १ हजा २३ र गण्डकी प्रदेशमा १ हजार ७ सय ७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश ५ मा ४ हजार ८ सय ४९, कर्णाली प्रदेशमा २ हजार ८३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ४८ गरी आजसम्म २० हजार ८ सय २२ जना संक्रमित डिस्चार्ज भएका छन । देशभरीका क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार