• २०७७ फाल्गुन २२ गते शनिवार

घोराहीमा कुलोमा डुबेरको २ बर्षीय बालकको मृत्यु

तुलसीपुरका एक ब्यक्ति कुलोमा मृत अवस्थामा भेटिए
Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १४ गते आइतवार


दाङ : दाङको घोराहीमा कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ । घोराही नगरपालिका १७ धोब्बे निवासी विष्णु विकको २ बर्षीय छोराको घर नजिकै कुलोमा डुवेर मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । शनिवार विहान करिब साढे १० बजेतिर कुलोमा खेल्ने क्रममा डुवेर ति बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घोराही १३ तेरनीस्थित कुलोमा डुवेको अवस्थामा तुलसीपुरका एक व्यक्ति मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका १८ अक्कासी निवासी ४० बर्षीय तेजबहादुर खड्का पत्रे फाल्ने खोलाको खेतमा जाने कुलोमा डुवेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । खड्का शनिवार दिउँसो करिब ४ बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुबै घटना बारे जिप्रका दाङबाट अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता एवं एसएसपी राज कुमार बैदवारले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार