• २०७७ कार्तिक १३ गते बिहिवार

स्याङ्जामा एम्बुलेन्स दुर्घटना, २ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १४ गते आइतवार

स्याङ्जा :  स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स आइतबार बिहान ४ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।   काठमाडौंबाट चापाकोट आउँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो।

उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको गह्रौ प्राथमिक अस्पताल वालिङले जनाएको छ।  चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन्। उनीहलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार