• २०७७ कार्तिक १३ गते बिहिवार

दाङमा शनिवार मास्क प्रयोग नगरी हिड्ने ६८ जनालाई कारबाही

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १३ गते शनिवार

दाङ : दाङमा प्रहरीले शनिवार मास्क नलगाई हिड्ने ७ महिला ६१ पुरुष गरी ६८ जना ब्यक्तिलाई कारबाही गरेको छ । कोरोना भाईरस (कोभिड १९) सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरी माक्स प्रयोग नगरी हिड्ने ६८ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई प्रति ब्यक्ति एक सयका दरले कारबाही गरेको प्रहरीले जनाएको छ ।

उक्त कारबाहीका ६ हजार ८ सय जरिवाना संकलन भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए । प्रहरीले जिल्लामा विहीबारदेखि मास्क प्रयोग नगरी हिड्नलाई कारबाही गर्दै आएको छ । विहीवार ५२ जना कारबाहीमा परेका थिए, भने शुक्रवार ८० जना कारबाहीमा परेका थिए । साथै लकडाउन कोरोना भाइरसको संङक्रमण रोक्नको लागी लकडाउन अबधिभर जारी गरिएका सूचनाहरु पालना गरी सङक्रमण फैलिन रोक्न सहयोग गर्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार