• २०७७ कार्तिक ६ गते बिहिवार

दुरब्यवहार प्रति शान्ति समाजद्धारा विरोध प्रदर्शन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १३ गते शनिवार


तुलसीपुर,१३ भदौ  :  कोभिड १९ महामारीको वेला अग्रपंतीमा खटिनेहरुलाई देशका बिभिन्न ठाउँमा गरेको दुरब्यवहारका विरोधमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले शनिवार दाङमा पनि प्रदर्शन गरेको छ । कोभिडलाई प्रहास्त गर्नको लागि अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी संचारकर्मीलाई विभिन्न आरोप लगाई देशका विभिन्न ठाउमा दुरब्यवहार गरेको पाइएको छ ।

त्यसका विरोधमा शान्ति समाजले देशव्यापी रुपमा आन्दोलन सुरु गरको हो । त्यस्तै कोभिडबाट संक्रमित व्यक्ती र उनीहरुका परिवारलाई पनि समुदायमा दुरब्यवहार गर्ने गरेकोले पनि यि यस्ता गतिविधी गर्नु हुदैन भनेर सचेतना दिइने उदेश्यले प्रदर्शन कार्यक्रम आयोजना गरिएको समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले जानकारी दिए ।

समाजका कार्यवहाक सभापती तुलसीराम सुनारको अध्यक्षतामा सम्पन्न प्रदर्शनमा महासचिव बस्नेतले महामारीको अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलाई, विभिन्न आरोप लगाई देशका विभिन्न ठाउँमा दुरब्यवहार गरेको प्रति दुःख व्यक्त गरे । त्यसैगरी सुशासन समितिका विभागिय संयोजक निर्मल नेपालीले पनि भैरहेको दुरब्यवहार प्रति असन्तुष्टि जनाए । कार्यक्रमको धन्यवाद ज्ञापन समाज दाङ शाखाका कोषाध्यक्ष अमृत काजी शर्माले गरेका थिए, भने कार्यक्रमको सहजिकरण सहसचिव उषा गौतमले गरेकी थिइन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार