दाङ : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २ जना डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा २ जना डाक्टर, २ जना नर्स, ३ जना स्वास्थ्यकर्मी र २ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
बिहीबार ५० जनाको स्वाब संकल गरिएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्रयाक टे«सिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस