• २०७७ फाल्गुन २४ गते सोमवार

पर्सामा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १३ गते शनिवार

वीरगञ्ज : पर्सामा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । शुक्रबार राति दुई जना र शनिबार बिहान एक जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।वीरगञ्ज महानगरपालिका २२ मनियारीका ३७ वर्षीय पुरुषको आज विहान उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालवाट थप उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका १२ का ४३ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । संक्रमित ब्यक्ति हेपाटाइटिस बी र एचआइभी एड्स संक्रमित थिए ।

त्यस्तै वीरगञ्जको नारायणी अस्पतालमा शुक्रबार साँझ मृत्यु भएकी वीरगन्ज महानगरपालिका १२ मुर्लीकी ६५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार