• २०७७ कार्तिक ६ गते बिहिवार

नेपाल आइडल सिजन-३ को विजेता बनिन् सज्जा चौलागाइँ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १२ गते शुक्रवार

काठमाडौं : नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईंले भएकी छिन् । भोटिङका आधारमा अन्य दुई प्रतिस्पर्धी प्रविन बेडुवाल र किरण भुजेललाई उछिन्दै सज्जा नेपाल आइडल सिजन-३ को विजेता बन्न सफल भएकी छिन् ।

जितसँगै सज्जाले नगद ५० लाख नगद प्राप्त गरेकी छन् । त्यस्तै फष्ट रनरअप प्रविण वेडुवालले १५ लाख र सेकेन्ड रनरअप किरणले ५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । आइडल प्रोजेक्ट हेड सुरेश पौडेल हुन् । कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार