• २०७७ कार्तिक १२ गते बुधवार

तुलसीपुरका २ सरकारी कार्यालय र ४ घर सिल, राप्तीमा केही क्षेत्र सिल

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १२ गते शुक्रवार


दाङ : तुलसीपुरमा २ वटा सरकारी कार्यालय र ४ वटा घर सिल गरिएको छ । तुलसीपुर क्षेत्रमा बढ्दै गएको कोरोना जोखिमलाई मध्यनजर गदै संक्रमित देखिएका ४ घर र २ वटा सरकारी कार्यालयलाई सिल गरिएको हो । उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीका अनुसार इलाका प्रशासन कार्यालय तुलसीपुरमा कार्यरत सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको छ ।

त्यस्तैगरी तुलसीपुर ११ मा रहेको उरहरी स्वास्थ्य चौकीमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य चौकी पनि सिल गरिएको छ । त्यस्तैगरी उनीहरुको घर र अन्य २ जना संक्रमितहरुको घर पनि सिल गरिएको छ । उपमहानरमा हाल सम्म ७३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६५ जना निको भएका छन् । त्यसैगरी राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक, पुरानो बजार क्षेत्र तथा पाखापानी क्षेत्रमा आज विहान ६ बजेदेखि १९ गते राती १२ बजेसम्म सिल गरिएको गाउँपालिकाले जनाएको छ ।

समुदायमा कोरोना संक्रमण फैलन सक्ने भएकाल ति क्षेत्र सिल गरिएको गाउँपालिकाले जनाएको छ । यस अवधीमा होटेल, पसल, बैक, वित्तीय संस्था तथा सार्वजनिक यातायातका साधनहरु सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । गाउँपालिकामा विहीवार थप एक ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । साथै गाउँपालिकामा हाल सम्म ३८ जनामा कोरोना पुष्टि भएकोमा ३२ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार