दाङमा मास्क नलगाई हिड्ने ५२ जना ब्यक्तिलाई कारबाही

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ११ गते बिहिवार

दाङ :  दाङमा प्रहरीले मास्क नलगाई हिड्ने ५२ जना ब्यक्तिलाई कारबाही गरेको छ । त्यसैगरी विभिन्न २४४ सवारी साधनलाई होल्डमा राखि छोडेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा मास्क नलगाई हिड्ने ५२ जनालाई प्रतिब्यक्ति एक सयका दरले कारबाही गरेको प्रहीले जनाएको छ । उक्त कारबाहीका ५२ सय जरिवाना संकलन भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

त्यसैगरी कोरोना भाइरस (कोभिड १९ ) सङक्रमण फैलिन नदिन तथा रोकथामका लागी जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचनाको अवेज्ञा गरी संचालन गरिएका  ३ वटा बस, २८ वटा कार/ जिप, १६५ वटा मोटरसाइकल, ८ वटा स्कुटर र ४० वटा अटो गरी २४४ सवारी साधनहरुलाई होल्डमा लिई सम्झाई बुझाई गरी छाडिएको प्रवक्ता खड्काले जानकारी दिए । विहीवारदेखि जिल्लामा जोर विजोर प्रणालीबाट सवार साधन संचालन गर्न यो नियम लागु गरिएको छ । स्थानिय प्रशासनले बढ्दो संक्रमणलाई मध्येनजर गर्दै सवारी साधनमा यस्तो नियम लागु गरेको छ ।

गएको साउन ८ गते देखी जिल्लामा छोटो दुरीका सार्वजनिक यातायातका साधन पनि संचालनमा रहेका छन । सार्वजनिक तथा निजि नम्वर प्लेडका साना तथा ठुला जुनसुकै गाडीमा जोर विजोर प्रणाली लागु हुने प्रहरीले जनाएको छ ।
साथै लकडाउन कोरोना भाइरस(कोभिड १९)को संङक्रमण रोक्नको लागी लकडाउन अबधिभर जारी गरिएका सूचनाहरु पालना गरी सङक्रमण फैलिन रोक्न सहयोग गर्न समेत प्रहरीले सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार